spot_img

३० हजार मेट्रिक टन डीएपीमध्ये पहिलो खेप नेपाल आउँदै

spot_img
spot_img

काठमाडौं,०४ साउन । किसानलाई आवश्यक रासायनिक मलको आपूर्ति सहज बनाउन नेपालले खरिद गरेको डीएपी मलमध्ये पहिलो खेप अाज नेपाल आइपुग्ने भएको छ।

कृषि सामग्री कम्पनी लिमिटेडका अनुसार ग्लोबल टेन्डरमार्फत खरिद गरिएको ३० हजार मेट्रिक टन डीएपी मलमध्ये १ हजार २५० मेट्रिक टन मल साउन १ गते भारतको कोलकाता बन्दरगाहबाट नेपालतर्फ ढुवानी सुरु गरिएको थियो। उक्त खेप भोलि वीरगञ्ज नाका हुँदै नेपाल भित्रिनेछ।

बाँकी डीएपी मलको प्याकेजिङ (ब्यागिङ) कार्य कोलकाता बन्दरगाहमा जारी रहेको कम्पनीले जनाएको छ। प्याकेजिङ सम्पन्न भएसँगै अर्को एक रेल (रेक) पनि आज वीरगञ्जका लागि पठाइएको छ भने बाँकी मल क्रमिक रूपमा नेपाल ल्याइनेछ।

यस्तै, ३० हजार मेट्रिक टन युरिया मल पनि कोलकाता बन्दरगाहमा आइपुगेको छ। हाल यसको अनलोडिङ र ब्यागिङ भइरहेको छ। प्रक्रिया पूरा भएपछि भोलिदेखि एक रेक युरिया मल वीरगञ्जतर्फ पठाउने तयारी रहेको कृषि सामग्री कम्पनीले जनाएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय