काठमाडौं,०४ साउन । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्यमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले बढेर २ लाख ८४ हजार ६०० रुपैयाँ पुगेको छ।
अघिल्लो कारोबार दिन सुन प्रतितोला २ लाख ८४ हजार रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ८० रुपैयाँले वृद्धि भई ४ हजार ३२० रुपैयाँ कायम भएको छ। यसअघि चाँदी प्रतितोला ४ हजार २४० रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारको मूल्य प्रवृत्तिअनुसार नेपाली बजारमा पनि सुनचाँदीको मूल्य दैनिक रूपमा घटबढ हुने गरेको छ।




