spot_img

पहिरोको जोखिम बढेपछि नारायणगढ–मुग्लिङ–काठमाडौँ सडक राति १० बजेदेखि बन्द

spot_img
spot_img

चितवन,०४ साउन । लगातारको वर्षासँगै बाढी तथा पहिरोको जोखिम बढेपछि नारायणगढ–मुग्लिङ–काठमाडौँ सडकखण्डमा सवारी आवागमन बन्द गरिएको छ।

जिल्ला प्रशासन कार्यालय चितवनले आइतबार सूचना जारी गर्दै आइतबार राति १० बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि उक्त सडकखण्डमा चल्ने सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाएको जनाएको छ।

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालद्वारा जारी सूचनामा चितवन, धादिङलगायत आसपासका क्षेत्रमा निरन्तर वर्षा भइरहेकाले सडकमा पहिरो तथा अन्य जोखिम बढ्न सक्ने अवस्थालाई मध्यनजर गर्दै यात्रुको सुरक्षाका लागि आवागमन रोकिएको उल्लेख छ।

प्रशासनले मौसम अवस्था सामान्य भएपछि सडक सञ्चालनबारे थप जानकारी गराइने जनाएको छ।

साथै यात्राका क्रममा आवश्यक सूचना, समन्वय वा उद्धारसम्बन्धी सहयोग आवश्यक परे नेपाल प्रहरीको १००, सशस्त्र प्रहरी बलको १११४, जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र वा जिल्ला प्रहरी कार्यालय चितवनमा सम्पर्क गर्न आग्रह गरेको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय