spot_img

सार्वजनिक बिदा प्रणाली पुनरावलोकन गर्ने सरकारको तयारी, उच्चस्तरीय कार्यदल गठन

spot_img
spot_img

बीरगन्ज,०४ साउन । सरकारले हाल कायम रहेको सार्वजनिक बिदा प्रणालीको पुनरावलोकन गर्न उच्चस्तरीय कार्यदल गठन गर्ने निर्णय गरेको छ। शनिबार र आइतबार गरी सातामा दुई दिन सार्वजनिक बिदा लागू भएपछि त्यसको समग्र प्रभाव अध्ययन गरी आवश्यक सुधारका लागि सरकार अघि बढेको हो।

सचिवहरूको बैठकले गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा कार्यदल गठन गर्ने निर्णय गरेको छ। कार्यदलमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय तथा अर्थ मन्त्रालयका प्रतिनिधि सदस्य रहनेछन्।

कार्यदललाई सार्वजनिक बिदा प्रणालीले प्रशासनिक, आर्थिक तथा सेवा प्रवाहमा पारेको प्रभावको अध्ययन गरी आवश्यक सुझावसहितको प्रतिवेदन तयार पार्ने जिम्मेवारी दिइएको छ।

सरकारले कार्यदललाई १५ दिनभित्र प्रतिवेदन तयार गरी गृह मन्त्रालयमा बुझाउन समयसीमा तोकेको छ। उक्त प्रतिवेदनका आधारमा सार्वजनिक बिदा प्रणालीमा आवश्यक संशोधन वा व्यवस्थापनसम्बन्धी निर्णय लिइने अपेक्षा गरिएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय