spot_img

१५औँ महाधिवेशनबारे कांग्रेसभित्र छलफल तीव्र, सकारात्मक निष्कर्ष आउनेमा विश्वप्रकाश शर्मा आशावादी

spot_img
spot_img

काठमाडौं,०४ साउन । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीको १५औँ महाधिवेशनलाई लक्षित गर्दै नेतृत्व तहमा निरन्तर संवाद र छलफल भइरहेको बताएका छन्। उनले सबै पक्षलाई समेट्ने वातावरण निर्माणका लागि भइरहेको छलफल सकारात्मक निष्कर्षमा पुग्ने विश्वास व्यक्त गरेका छन्।

सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै शर्माले पार्टीको आन्तरिक एकता सुदृढ गर्दै महाधिवेशनमा सबै सदस्यको सहज सहभागिता सुनिश्चित गर्ने उद्देश्यले नेतृत्वबीच निरन्तर संवाद भइरहेको जानकारी दिए।

उनका अनुसार सभापति गगनकुमार थापा, पार्टी नेतृत्व तथा अन्य नेताहरूबीच महाधिवेशनलाई सहमतिपूर्ण र समावेशी बनाउन विभिन्न चरणमा छलफल चलिरहेको छ।

शर्माले पार्टीभित्र देखिएका विषयहरू संवादकै माध्यमबाट समाधान हुने विश्वास व्यक्त गर्दै नेतृत्व तहमा सकारात्मक समझदारी कायम हुने बताए।

“पार्टीको आन्तरिक जीवनका विषयमा भइरहेका संवाद र छलफल सकारात्मक रूपमा टुंगिनेछन् भन्नेमा हामी विश्वस्त छौँ,” उनले भने।

पत्रकार सम्मेलनको सुरुमै सञ्चारकर्मीहरूले उठाउन सक्ने आन्तरिक जीवनसम्बन्धी जिज्ञासालाई सम्बोधन गर्दै शर्माले नेपाली कांग्रेस एकताबद्ध ढंगले महाधिवेशनतर्फ अघि बढिरहेको र सबैलाई सहभागी गराउने वातावरण निर्माण गर्न नेतृत्व प्रतिबद्ध रहेको बताए।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय