spot_img

वर्षा र पहिरोका कारण मुख्य राजमार्गहरू प्रभावित, कहाँको अवस्था कस्तो छ?

spot_img
spot_img

काठमाडौँ,०५ साउन  । अविरल वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न मुख्य राजमार्गहरू अवरुद्ध भएका छन्। नेपाल प्रहरीको पछिल्लाे तथ्याङ्क अनुसार बागमती, कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका कयौँ सडक खण्डहरू पूर्ण वा आंशिक रूपमा प्रभावित भएका छन्।

कोशी प्रदेशमा मेची राजमार्ग अन्तर्गत इलामको राजदुवाली खण्ड पूर्ण रूपमा बन्द छ, यद्यपि त्यहाँ वैकल्पिक बाटो प्रयोग गर्न सकिने जनाइएको छ। मध्य पहाडी लोकमार्ग खोटाङको माम्खामा पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ भने भोजपुरको बोखिम खण्डमा बाढीका कारण एकतर्फी मात्र यातायात सञ्चालनमा छ।

बागमती प्रदेशमा सबैभन्दा बढी सडकहरू प्रभावित भएका छन्। बीपी राजमार्गमा सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै राति ६ बजेदेखि बिहान ४ बजेसम्म सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। अरनिको राजमार्ग सिन्धुपाल्चोकको जिरोकिलो र कोदारी दुवै ठाउँमा पहिरोका कारण पूर्ण रूपमा बन्द छ।

यस्तै, कान्ति लोकपथमा पनि सम्भावित बाढी र पहिरोको जोखिमका कारण रातको समयमा यात्रा गर्न प्रतिबन्ध लगाइएको छ। रसुवाको पासाङ ल्हामु राजमार्ग भने पहिरोका बाबजुद एकतर्फी रूपमा सुचारु रहेको छ।

गण्डकी प्रदेशको कालीगण्डकी करिडोर अन्तर्गत बागलुङको बेलबगरमा पहिरोका कारण सडक पूर्ण रूपमा अवरुद्ध छ। उता सुदूरपश्चिममा महाकाली राजमार्ग दार्चुलाको पनेबाँज र ऐरिछिनामा पहिरो खसेका कारण यातायात पूर्ण रूपमा ठप्प भएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय