spot_img

कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट

spot_img
spot_img

काठमाडौं,०५ साउन  । कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरी र मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवबीच सोमबार मन्त्रालयमा भेटवार्ता भएको छ। भेटमा कृषि क्षेत्रको दिगो विकास, सङ्घ–प्रदेश समन्वय तथा कृषि आधुनिकीकरणका विषयमा छलफल भएको मन्त्री चौधरीको सचिवालयले जनाएको छ।

भेटका क्रममा मन्त्री चौधरीले कृषि क्षेत्रको प्रभावकारी विकासका लागि सङ्घ र प्रदेश सरकारबीच सहकार्यलाई अझ सुदृढ बनाउनुपर्ने आवश्यकता औँल्याइन्। उनले यसका लागि आवश्यक कानुनी व्यवस्था तथा सङ्घ–प्रदेश साझेदारीसम्बन्धी ऐन निर्माणको प्रक्रिया अघि बढाइएको जानकारी दिइन्।

उनले माटोको गुणस्तर सुधारलाई प्राथमिकतामा राख्दै माटो परीक्षणको दायरा विस्तार गर्न, वैज्ञानिक कृषि प्रणाली अपनाएर उत्पादन वृद्धि गर्न तथा निजी क्षेत्रको लगानी आकर्षित गरी कृषि आधुनिकीकरणलाई गति दिनुपर्नेमा जोड दिइन्।

छलफलका क्रममा मन्त्री चौधरीले कार्बन व्यापार र हरित अर्थतन्त्रका माध्यमबाट मधेश प्रदेशले आर्थिक लाभ लिन सक्ने पर्याप्त सम्भावना रहेको उल्लेख गर्दै त्यसका लागि योजनाबद्ध ढङ्गले कार्यक्रम अघि बढाउन आग्रह गरिन्।

भेटमा कृषि क्षेत्रको उत्पादन वृद्धि, लगानी विस्तार तथा प्रदेशको कृषि सम्भावनालाई प्रभावकारी रूपमा उपयोग गर्ने विषयमा समेत छलफल भएको जनाइएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय