spot_img

२५० मेट्रिकटन डिएपी विराटनगर आइपुग्यो

spot_img
spot_img

काठमाडौं,०५ साउन  । धान रोपाइँको मुख्य सिजनलाई मध्यनजर गर्दै सरकारले रासायनिक मलको आपूर्ति तीव्र बनाएको छ। कृषि, वन तथा वातावरण मन्त्रालयका अनुसार सोमबार २५० मेट्रिकटन डिएपी (डाइ–अमोनियम फस्फेट) मल बोकेको खेप विराटनगर भन्सार आइपुगेको छ।

मन्त्रालयले दिएको जानकारीअनुसार थप एक हजार २५० मेट्रिकटन डिएपी मल बोकेको अर्को रेल र्‍याक मंगलबार रक्सौल आइपुग्ने तयारीमा रहेको छ। साथै, कोलकाताबाट दुई हजार ५०० मेट्रिकटन डिएपी मल बोकेको अर्को रेल र्‍याक पनि नेपालतर्फ प्रस्थान गरिसकेको छ।

कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीका अनुसार किसानलाई समयमै मल उपलब्ध गराउने उद्देश्यले आपूर्ति व्यवस्थापनलाई प्राथमिकता दिइएको छ। उनले ३० हजार मेट्रिकटन युरिया मल ढुवानीको प्रक्रिया पनि अन्तिम चरणमा पुगेको जानकारी दिइन्।

मन्त्रालयले धान रोपाइँको समयमा मल अभाव हुन नदिन आवश्यक परिमाणमा रासायनिक मल आयात तथा वितरण प्रक्रिया निरन्तर अघि बढाइएको जनाएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय