spot_img

प्रधानमन्त्रीदेखि मन्त्रीसम्म सबै दल, नेतृत्व र जनताप्रति उत्तरदायी हुनुपर्छ : अर्थमन्त्री वाग्ले

spot_img
spot_img

काठमाडौं,०५ साउन । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्रीदेखि सबै मन्त्रीहरू नेपाली जनता, आफ्नो राजनीतिक दल र सम्बन्धित नेतृत्वप्रति पूर्ण रूपमा उत्तरदायी हुनुपर्ने बताएका छन्।

आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयन योजनाबारे सबै मन्त्रालयका सचिवहरूसँग भएको छलफलमा उनले सरकारको प्राथमिकता सुशासन, पारदर्शिता र जवाफदेहितामा केन्द्रित रहेको स्पष्ट पारे। भ्रष्टाचार नियन्त्रणमा सरकारले कुनै सम्झौता नगर्ने उल्लेख गर्दै उनले इमानदारी र उच्च नैतिक मापदण्डलाई कार्यसम्पादनको आधार बनाउनुपर्ने बताए।

वाग्लेले सरकारले भ्रष्टाचारप्रति ‘शून्य सहनशीलता’को नीति अपनाएको उल्लेख गर्दै राज्य सञ्चालनमा सबै तहका पदाधिकारी जवाफदेही हुनुपर्ने धारणा राखे। प्रधानमन्त्री, मन्त्री र सरकारी निकायहरूले जनताको विश्वास कायम राख्न पारदर्शी र जिम्मेवार ढंगले काम गर्नुपर्ने उनको भनाइ थियो।

उनले कर्मचारीतन्त्रलाई परिणाममुखी र उत्तरदायी बनाउन आवश्यक प्रोत्साहन (इन्सेन्टिभ) दिने सरकारको नीति रहेको पनि बताए। विगतका विकृति र विसंगतिलाई क्रमशः अन्त्य गर्दै सक्षम, प्रभावकारी र सुशासनमुखी प्रशासन निर्माणमा सरकार प्रतिबद्ध रहेको उनको भनाइ थियो।

अर्थमन्त्री वाग्लेले बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउन सबै मन्त्रालय र सरकारी निकायबीच समन्वय, अनुशासन र जिम्मेवारीबोध आवश्यक रहेकोमा समेत जोड दिए।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय