spot_img

प्रस्तावित निर्वाचन आयुक्तहरूको सुनुवाइ साउन १२ र १३ गते

spot_img
spot_img

काठमाडौं,०५ साउन । प्रस्तावित प्रमुख निर्वाचन आयुक्त तथा निर्वाचन आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने भएको छ।

मंगलबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकले प्रस्तावित दुई निर्वाचन आयुक्तको सुनुवाइ साउन १२ गते र प्रमुख निर्वाचन आयुक्तको सुनुवाइ साउन १३ गते गर्ने निर्णय गरेको समितिका सभापति बोधनारायण श्रेष्ठले जानकारी दिए।

बैठकमा प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्त पदका लागि सिफारिस गरिएका व्यक्तिहरूविरुद्ध प्राप्त उजुरीहरू तथा उनीहरूले पेश गरेका कार्ययोजनामाथि प्रारम्भिक छलफल गरिएको थियो। समितिका सदस्यहरूलाई सम्बन्धित कागजात पनि वितरण गरिएको छ।

यसअघि असार १९ गते बसेको संवैधानिक परिषद्को बैठकले प्रमुख निर्वाचन आयुक्त पदमा मानबहादुर कार्कीलाई नियुक्तिका लागि सिफारिस गरेको थियो। त्यस्तै, निर्वाचन आयुक्त पदका लागि डा. राजीव सुब्बा र गुरुप्रसाद वाग्लेको नाम पनि सिफारिस गरिएको थियो।

समितिका अनुसार दुवै दिनको सुनुवाइ बैठक बिहान ११:१५ बजे सिंहदरबारमा बस्नेछ। सुनुवाइ प्रक्रिया सम्पन्न भएपछि समितिले उम्मेदवारहरूको योग्यताबारे आवश्यक निर्णय गर्नेछ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय