spot_img

कीर्तिपुरमा आगलागी भएको कारबाट एक जनाको शव निकालियो

spot_img
spot_img

काठमाडौं,०५ साउन । काठमाडौंको कीर्तिपुरमा आगलागी भएको कारभित्र एक पुरुष मृत अवस्थामा फेला परेका छन्।

कीर्तिपुर नगरपालिका–१ ट्याङ्लाफाँट क्षेत्रमा बा ५ च ३०३८ नम्बरको कारमा आगलागी भएको सूचना प्राप्त भएपछि प्रहरी घटनास्थल पुगेको थियो। आगो नियन्त्रणमा लिएपछि कारभित्रबाट एक पुरुषको शव निकालिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

प्रहरीका अनुसार आगलागी भएको उक्त कार नबिल बैंकको नाममा दर्ता रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। मृतकको परिचय खुल्न बाँकी रहेको र आगलागीको कारणसहित घटनाबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीले घटनास्थलबाट आवश्यक प्रमाण संकलन गरी आगलागीको कारण र घटनाको वास्तविकता पत्ता लगाउने प्रक्रिया अघि बढाएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय