spot_img

२० किलोभन्दा बढी गाँजासहित भारतीय नागरिक पक्राउ

spot_img
spot_img

बीरगन्ज,०५ साउन । पर्सा प्रहरीले २० किलो ६८७ ग्राम गाँजासहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।

मंगलबार जगरनाथपुर गाउँपालिका–४ स्थित हुलाकी सडकमा सवारी जाँचका क्रममा चितवनबाट भारतको सुगौलीतर्फ जाँदै गरेको बीआर ०६ बीएच ५४९६ नम्बरको भारतीय कार रोकेर जाँच गर्दा ठूलो परिमाणमा गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

प्रहरीका अनुसार कारको पछाडिको सिटमुनि प्लास्टिकको झोलाभित्र लुकाएर राखिएको अवस्थामा २० किलो ६८७ ग्राम गाँजा फेला परेको हो।

गाँजासहित पक्राउ पर्ने व्यक्ति भारतको बिहार राज्य, सितामढी जिल्ला, तालका ग्राम पञ्चायतका ३३ वर्षीय रहमद अन्सारी रहेका छन्।

प्रहरीले बरामद गाँजा, कार र पक्राउ परेका अन्सारीलाई नियन्त्रणमा लिएर लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान अघि बढाएको जनाएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय