spot_img

पार्टी कार्यालयको विवादमा बारामा कांग्रेसका दुई पक्षबीच झडप, सुरक्षा व्यवस्था कडा

spot_img
spot_img

वीरगन्ज,०५ साउन । नेपाली कांग्रेस बारा जिल्ला पार्टी कार्यालयमा मंगलबार दुई पक्षका कार्यकर्ताबीच विवाद चर्किँदा झडप भएको छ। घटनापछि अवस्था नियन्त्रणमा लिन ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ।

प्रारम्भिक जानकारीअनुसार पार्टी कार्यालय प्रवेशको विषयलाई लिएर दुई पक्षबीच विवाद सुरु भएको थियो। विवाद बढ्दै जाँदा दुवै पक्षबीच नाराबाजी, धकेलाधकेल र ढुंगामुढासमेत भएको प्रत्यक्षदर्शीहरूले बताएका छन्।

झडपपछि पार्टी कार्यालय परिसर केही समय तनावग्रस्त बनेको थियो। थप अप्रिय घटना हुन नदिन प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएको छ।

घटनामा केही कार्यकर्ता सामान्य घाइते भएको जानकारी प्राप्त भए पनि यसको आधिकारिक पुष्टि भने भइसकेको छैन।

प्रत्यक्षदर्शीहरूले घटनास्थलमा सुरक्षाकर्मीको प्रारम्भिक हस्तक्षेप प्रभावकारी हुन नसकेको गुनासो गरेका छन्। यद्यपि, अवस्था थप बिग्रिन नदिन प्रहरीलाई परिचालन गरी स्थिति नियन्त्रणमा लिइएको जनाइएको छ।

घटनाको कारण र झडपमा संलग्न पक्षबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ। जिल्ला प्रशासन कार्यालय तथा प्रहरी प्रशासनले घटनाबारे विस्तृत विवरण सार्वजनिक गर्न बाँकी रहेको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय