spot_img

विश्वकप लिग–२ : नामिबियाविरुद्ध नेपाल ब्याटिङमा

spot_img
spot_img

काठमाडौं,०५ साउन । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी त्रिकोणात्मक शृङ्खलाको पहिलो खेलमा नेपालले नामिबियाविरुद्ध पहिले ब्याटिङ गरिरहेको छ।

उट्रेख्टमा मंगलबार भएको खेलमा टस जितेको नामिबियाले नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको हो। नेपालले इनिङ्सको सुरुआतमै पहिलो विकेट गुमाएको छ। ओपनर कुशल भुर्तेल दुई रन बनाएर जेजे स्मिटको बलमा आउट भए।

पाँच ओभरको समाप्तिसम्म नेपालले एक विकेट गुमाएर १३ रन बनाएको छ।

नेपालका लागि विश्वकप लिग–२ को शीर्ष चारमा पुग्ने सम्भावना कायम राख्न यो शृङ्खला निकै महत्वपूर्ण मानिएको छ। यस शृङ्खलामा नेपालले नामिबियासँग दुई तथा आयोजक नेदरल्यान्ड्ससँग दुई खेल खेल्ने तालिका छ।

हाल अंक तालिकामा नेपाल २८ खेलबाट २४ अंकसहित पाँचौं स्थानमा छ। नामिबिया २२ अंकका साथ सातौं र नेदरल्यान्ड्स ३२ अंकसहित तेस्रो स्थानमा रहेका छन्। शीर्ष चारमा उक्लिन नेपाललाई बाँकी खेलहरूमा उत्कृष्ट प्रदर्शन गर्दै बढीभन्दा बढी जित निकाल्नुपर्ने चुनौती छ।

रोहितकुमार पौडेलको कप्तानीमा रहेको नेपाली टोलीमा उपकप्तान दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, आसिफ शेख, आरिफ शेख, गुल्सन झा, करण केसी, सोमपाल कामी, ललित राजवंशी, भीम सार्की, अर्जुन कुमाल, विनोद भण्डारी, इशान पाण्डे र नन्दन यादवसहित १५ सदस्यीय टोली सहभागी छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय