spot_img

३ प्रतिशत समता कर खारेज गर्ने निर्णय स्वागतयोग्य : गगन थापा

spot_img
spot_img

काठमाडौं,०५ साउन । नेपाली कांग्रेसले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णयलाई सकारात्मक र समयसापेक्ष कदमका रूपमा स्वागत गरेको छ।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेसका सभापति गगन कुमार थापाले सरकारले समता कर हटाउने निर्णय गरेर उचित कदम चालेको बताए। उनका अनुसार यस निर्णयले निजी शिक्षा र स्वास्थ्य सेवा लिने सर्वसाधारणको आर्थिक भार केही हदसम्म कम हुने अपेक्षा गरिएको छ।

थापाले नेपालको वर्तमान शिक्षा र स्वास्थ्य प्रणालीमा निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै अहिलेको अवस्थामा निजी क्षेत्रलाई पूर्ण रूपमा अलग राखेर सेवा प्रवाह सम्भव नभएको धारणा व्यक्त गरे।

उनले निजी सेवा प्रयोग गर्ने नागरिकबाट अतिरिक्त कर उठाएर अन्य वर्गलाई सहयोग गर्ने अवधारणाप्रति कांग्रेस सुरुदेखि नै असहमत रहेको स्मरण गराए। यस्तो नीति व्यवहारिक नभएको र अन्ततः सेवाग्राहीमाथि थप आर्थिक बोझ पर्ने भएकाले सरकारले कर खारेज गर्नु उपयुक्त निर्णय भएको उनको भनाइ थियो।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय