spot_img

दाङमा निर्माणाधीन घरको पानी ट्यांकीमा दुई पुरुष मृत फेला

spot_img
spot_img

दाङ,०६ साउन । दाङको तुलसीपुर उपमहानगरपालिका–६ रजौरास्थित निर्माणाधीन घरको पानी ट्यांकीभित्र दुई पुरुष मृत अवस्थामा फेला परेका छन्।

प्रहरीका अनुसार मंगलबार ट्यांकीभित्र दुई जनाको शव देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। सूचना प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थल पुगेर आवश्यक अनुसन्धान सुरु गरेको छ।

हालसम्म मृतकहरूको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। घटनाको कारण खुल्न बाँकी रहेकाले शवको पहिचान, मृत्युको कारण र घटनाको वास्तविकता पत्ता लगाउन अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय