spot_img

पटनामा प्रदर्शन नियन्त्रण गर्न प्रहरीले अश्रुग्यास र वाटर क्यानन प्रयोग गर्‍यो

spot_img
spot_img

काठमाडौं,०६ साउन । दिल्लीमा जारी विद्यार्थी आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै भारतको बिहार राज्यको राजधानी पटनामा बुधबार विद्यार्थीहरूले प्रदर्शन गरेका छन्। प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच तनाव उत्पन्न भएपछि प्रहरीले अश्रुग्यास प्रहार गर्नुका साथै वाटर क्याननसमेत प्रयोग गरेको छ।

अल इन्डिया स्टुडेन्ट्स एसोसिएसन (आइसा)को आह्वानमा भएको प्रदर्शनमा विभिन्न विद्यार्थी संगठनका प्रतिनिधिहरू सहभागी भएका थिए। गान्धी मैदानको गेट नम्बर १० बाट सुरु भएको विरोध मार्च राजभवनतर्फ अघि बढ्ने क्रममा प्रहरीले जेपी गोलम्बर नजिकै प्रदर्शनकारीलाई रोक्ने प्रयास गरेको थियो।

बीबीसीका भिडियो पत्रकार शाहनवाज अहमदका अनुसार स्थिति नियन्त्रणमा लिन प्रहरीले दुई राउन्ड अश्रुग्यास प्रहार गरेको थियो। प्रदर्शनकारीहरूले भने प्रहरीमाथि ढुंगामुढा गरेको आरोप लगाइएको छ।

प्रहरीको अवरोधका बाबजुद प्रदर्शनकारीहरू जेपी गोलम्बर पार गर्दै डाक बंगला चोकसम्म पुगेका थिए। प्रदर्शनका क्रममा उनीहरूले सरकार र सञ्चारमाध्यमविरुद्ध विभिन्न नाराबाजी गरेका थिए, जसमा ‘गोदी मिडिया गो ब्याक’ भन्ने नारा पनि समावेश थियो।

प्रदर्शनका क्रममा भएको झडपमा केही सञ्चारकर्मीसमेत घाइते भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको बताइएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय