spot_img

विश्व चर्चित युट्युबर मिस्टर बिस्टले गरे विवाह

spot_img
spot_img

काठमाडौं,०६ साउन । विश्वका सर्वाधिक लोकप्रिय युट्युबर जिमी डोनाल्डसन (मिस्टर बिस्ट) वैवाहिक जीवनमा प्रवेश गरेका छन्। उनले लामो समयदेखिकी प्रेमिका थियन बुयसेनसँग जुलाई २१ मा विवाह गरेका हुन्।

विवाहपछि मिस्टर बिस्टले पहिलो पटक सामाजिक सञ्जालमार्फत विवाहका तस्बिर सार्वजनिक गर्दै आफ्ना शुभचिन्तकसँग खुसी साटेका छन्। इन्स्टाग्राममा उनले लेखेका छन्, “मैले मिसेस बिस्टलाई पाएँ, यो मेरो जीवनकै सबैभन्दा खुसीको दिन हो।” पोस्ट सार्वजनिक भएको केही समयमै लाखौँ प्रतिक्रिया, लाइक र शुभकामना प्राप्त भएको छ।

मिस्टर बिस्ट र थियन बुयसेनले आफ्नो विवाहलाई निजी राख्दै परिवारका सदस्य र सीमित नजिकका साथीभाइको उपस्थितिमा सम्पन्न गरेका थिए। यो जोडीले डिसेम्बर २०२४ मा इन्गेजमेन्ट गर्दै आफ्नो सम्बन्धलाई औपचारिकता दिएका थिए।

हाल विश्वकै सबैभन्दा धेरै सब्सक्राइबर भएका युट्युबरका रूपमा परिचित मिस्टर बिस्टको ‘MrBeast’ युट्युब च्यानलमा ५० करोडभन्दा बढी सब्सक्राइबर रहेका छन्। युट्युब इतिहासमा यो उपलब्धि हासिल गर्ने उनी पहिलो कन्टेन्ट क्रिएटर हुन्।

भव्य चुनौती, करोडौँ डलरका पुरस्कार, परोपकारी गतिविधि र मनोरञ्जनात्मक सामग्रीका कारण विश्वभर लोकप्रिय बनेका मिस्टर बिस्टको विवाहको खबर अहिले सामाजिक सञ्जालमा व्यापक चर्चाको विषय बनेको छ। विश्वभरका प्रशंसक तथा चर्चित कन्टेन्ट क्रिएटरहरूले नवविवाहित जोडीलाई शुभकामना व्यक्त गरिरहेका छन्।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय