spot_img

‘वि.पी. उद्यान र रेल्वे सङ्ग्रहालय चाँडै जनताका लागि खुल्छ’ : राजेशमान सिंह

spot_img
spot_img

बीरगन्ज,०६ साउन । निलम्बनमा रहेका बीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले वि.पी. जयन्तीको अवसरमा वि.पी. उद्यान, मधेसी उद्यान र रेल्वे सङ्ग्रहालय सर्वसाधारणका लागि खुला गर्ने आफ्नो योजना पूरा हुन नसकेको बताएका छन्।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै सिंहले केही व्यक्तिको अवरोध तथा संवैधानिक निकायको निर्णयका कारण कार्यक्रम कार्यान्वयन गर्न नसकिएको भन्दै दुःख व्यक्त गरेका हुन्।

उनले जनहितका लागि सुरु गरिएको अभियान कुनै व्यक्तिगत स्वार्थ वा गलत निर्णयका कारण स्थायी रूपमा रोक्न नसकिने उल्लेख गर्दै कानुनी र लोकतान्त्रिक प्रक्रियाको सम्मान गर्दै सबै अवरोध पार गरिने बताएका छन्।

सिंहले वि.पी. उद्यान, मधेसी उद्यान र रेल्वे सङ्ग्रहालयलाई छिट्टै सर्वसाधारणका लागि सञ्चालनमा ल्याइने प्रतिबद्धता व्यक्त गर्दै वीरगन्जवासी साथ, विश्वास र माया नै आफ्नो सबैभन्दा ठूलो शक्ति भएको उल्लेख गरेका छन्।

उनले समृद्ध, व्यवस्थित र गौरवशाली वीरगञ्ज निर्माणको अभियान निरन्तर अघि बढ्ने विश्वाससमेत व्यक्त गरेका छन्।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय