spot_img

सार्वजनिक बिदामा पनि राष्ट्रिय परिचयपत्र सेवा सञ्चालन गर्ने सिरहा प्रशासनको निर्णय

spot_img
spot_img

सिरहा,०७ साउन । जिल्ला प्रशासन कार्यालय सिरहाले राष्ट्रिय परिचयपत्र बनाउन आउने सेवाग्राहीको बढ्दो चापलाई मध्यनजर गर्दै सार्वजनिक बिदाका दिन पनि सेवा सञ्चालन गर्ने निर्णय गरेको छ।

कार्यालयले बुधबार सूचना जारी गर्दै आगामी साउन ७ गतेदेखि अर्को सूचना प्रकाशित नभएसम्म प्रत्येक शनिबार र आइतबार समेत राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा नियमित रूपमा उपलब्ध गराइने जनाएको हो।

सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालद्वारा जारी सूचनाअनुसार सार्वजनिक बिदाका दिन सेवा बिहान १० बजेदेखि सञ्चालन हुनेछ।

हाल राष्ट्रिय परिचयपत्र बनाउन आउने सेवाग्राहीको सङ्ख्या उल्लेखनीय रूपमा बढ्दै गएपछि नागरिकलाई सहज, छिटो र प्रभावकारी सेवा प्रदान गर्ने उद्देश्यले सार्वजनिक बिदामा समेत सेवा विस्तार गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

यस निर्णयसँगै नियमित कार्यालय समयमा उपस्थित हुन नसक्ने सेवाग्राहीले अब बिदाका दिन पनि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा लिन सक्ने भएका छन्।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय