spot_img

त्रिभुवन विमानस्थलबाट ८ किलो गाँजा बरामद, २ भारतीय महिला पक्राउ

spot_img
spot_img

काठमाडौं,०७ साउन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ८ किलोग्राम गाँजासहित दुई भारतीय महिला पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्युरोका अनुसार पक्राउ पर्नेमा भारतको मणिपुर राज्यका २० वर्षीया मोना देवी लोङजाम र २३ वर्षीया ओइनाम एली रहेका छन्।

ब्युरोका सहप्रवक्ता डीएसपी जीवन निरौलाका अनुसार उनीहरू थाइल्यान्डको बैंककबाट थाई एयरवेजको उडान नम्बर TG 309 मार्फत काठमाडौं आइपुगेका थिए। विमानस्थलमा गरिएको सुरक्षा जाँचका क्रममा उनीहरूले बोकेको सुटकेसभित्र लुकाएर ल्याइएको करिब ८ किलोग्राम गाँजा फेला परेको हो।

प्रहरीले उनीहरूको साथबाट दुई थान राहदानी र दुई थान मोबाइल फोन समेत बरामद गरेको जनाएको छ।

बरामद लागुऔषधसहित दुवै महिलालाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको लागुऔषध नियन्त्रण ब्युरोले जनाएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय