spot_img

महोत्तरीमा सर्पदंशबाट बालकको मृत्यु, उपचार खर्च तिर्न नसक्दा शव अस्पतालमै

spot_img
spot_img

महोत्तरी,०७ साउन । महोत्तरीको बर्दिबास नगरपालिकामा सर्पको सर्पदंशबाट एक ८ वर्षीय बालकको मृत्यु भएको छ। आर्थिक अभावका कारण उपचार खर्च तिर्न नसक्दा परिवारले अस्पतालबाट शवसमेत बुझ्न नसकेको पीडित परिवारले जनाएको छ।

मृत्यु हुनेमा बर्दिबास नगरपालिका–१२ बिजलपुरा निवासी चन्दन कापरका ८ वर्षीय छोरा विवेक कापर रहेका छन्।

परिवारका अनुसार बुधबार साँझ घरनजिकै रहेको आँपको रूखमा फल टिप्ने क्रममा विवेकलाई सर्पले टोकेको थियो। सर्पले दंशेको थाहा पाएलगत्तै परिवारले उनलाई उपचारका लागि बर्दिबासस्थित जनसेवा अस्पताल पुर्‍याएको थियो। तर उपचारकै क्रममा बिहीबार बिहान उनको मृत्यु भएको अस्पतालले जनाएको छ।

मृतकका आमा अमृतदेवी कापरका अनुसार परिवार आर्थिक रूपमा अत्यन्तै विपन्न रहेको र उपचारमा लागेको करिब ७० हजार रुपैयाँ अस्पताललाई तिर्न नसक्दा शवसमेत बुझ्न नसकिएको हो।

घटनाको जानकारी पाएपछि मधेश प्रदेशका श्रम तथा यातायात मन्त्री शारदा थापा तथा बर्दिबास नगरपालिकाका मेयर प्रह्लादकुमार क्षेत्री अस्पताल पुगेर पीडित परिवारलाई आवश्यक सहयोग तथा समन्वयका लागि पहल गरिरहेका छन्।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय