spot_img

बाँझो निजी जग्गा उत्पादनमा ल्याउन देशभर भूमि बैंक सञ्चालन गरिने

spot_img
spot_img

काठमाडौं,०७ साउन । उपयोगमा नरहेका तथा बाँझो निजी जग्गालाई उत्पादनमूलक प्रयोगमा ल्याउने उद्देश्यले सरकारले देशभरका स्थानीय तहमा भूमि बैंक सञ्चालन गर्ने प्रक्रिया अघि बढाएको छ।

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै भूमि उपयोग ऐन, २०७६ र भूमि उपयोग नियमावली, २०७९ (तेस्रो संशोधन, २०८२) अनुसार प्रयोगविहीन निजी जग्गालाई स्थानीय तहमार्फत उत्पादनमूलक उपयोगमा ल्याउने व्यवस्था कार्यान्वयनमा ल्याइएको जनाएको हो।

मन्त्रालयका अनुसार यसका लागि ‘भूमि बैंक (स्थापना तथा सञ्चालन) कार्यविधि, २०८३’ स्वीकृत भइसकेको छ। कार्यविधिअनुसार प्रत्येक स्थानीय तहमा भूमि बैंक स्थापना गरी सञ्चालन गरिनेछ। यससम्बन्धी परिपत्र पनि सबै स्थानीय तहमा पठाइसकिएको मन्त्रालयले जनाएको छ।

अब स्थानीय तहहरूले भूमि बैंक स्थापना गरी बाँझो तथा प्रयोगविहीन निजी जग्गा उत्पादनमूलक उपयोगमा ल्याउने प्रक्रिया अघि बढाउनेछन्। मन्त्रालयले जग्गाधनी तथा सरोकारवालालाई आफ्नो स्थानीय तहसँग सम्पर्क गरी भूमि बैंकसम्बन्धी व्यवस्थाबाट लाभ लिन आग्रह गरेको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय