spot_img

तीन महिनामा २,३६१ विपद्का घटना: १७३ जनाको मृत्यु

spot_img
spot_img

काठमाडौ,०७ साउन । मुलुकभर बाढी, पहिरो, चट्याङ, आगलागीलगायत प्राकृतिक तथा अन्य विपद्जन्य घटनाहरू निरन्तर बढ्दै जाँदा मानवीय र आर्थिक क्षति पनि बढिरहेको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार गत वैशाख १ गतेदेखि हालसम्मको करिब तीन महिनाको अवधिमा देशभर कुल २ हजार ३६१ वटा विपद्जन्य घटना दर्ता भएका छन्। ती घटनामा परी १७३ जनाले ज्यान गुमाएका छन् भने २ जना अझै बेपत्ता रहेका छन्।

प्राधिकरणका अनुसार विपद्का घटनामा १ हजार २८७ जना घाइते भएका छन्। साथै, ४ हजार ८६९ परिवार प्रत्यक्ष रूपमा प्रभावित भएका छन्। बाढी, पहिरो, आगलागी, चट्याङ तथा अन्य प्राकृतिक प्रकोपका कारण विभिन्न जिल्लामा जनधनको ठूलो क्षति पुगेको छ।

यस्तै, पछिल्लो २४ घण्टामा मात्र देशका विभिन्न स्थानमा ४७ वटा विपद्जन्य घटना भएका छन्। ती घटनामा २ जनाको मृत्यु भएको छ भने करिब १ करोड ९० लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको प्राधिकरणले जनाएको छ।

मनसुन सक्रिय रहेकाले आगामी दिनमा बाढी, पहिरो र डुबानको जोखिम अझ बढ्न सक्ने भन्दै प्राधिकरणले उच्च जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन आग्रह गरेको छ। स्थानीय तह, सुरक्षा निकाय र सम्बन्धित सरोकारवाला संस्थाहरूलाई पनि विपद् पूर्वतयारी, उद्धार तथा राहत व्यवस्थापनलाई प्रभावकारी बनाउन

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय