spot_img

प्रदेशसभा प्रभावकारी बनाउन कांग्रेस विपक्षमा बस्न सक्छ : पुष्पा भुसाल

spot_img
spot_img

काठमाडौं,०७ साउन । नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुसालले संसदीय मूल्य–मान्यता र संविधानको मर्म जोगाउन आवश्यक परे कांग्रेस प्रदेशमा प्रतिपक्षको भूमिकामा बस्न सक्ने बताएकी छन् ।

बिहीबार एमालेले आयोजना गरेको पुष्पलाल स्मृति दिवस कार्यक्रममा बोल्दै भुसालले सत्ता नै राजनीतिको एकमात्र उद्देश्य नभएको बताइन् । उनले जनताको आवाज उठाउने र सरकारलाई खबरदारी गर्ने भूमिका प्रभावकारी बनाउन प्रदेशसभामा बलियो प्रतिपक्ष आवश्यक रहेको धारणा राखिन् ।

“सत्तामात्रै हाम्रो उद्देश्य होइन, सत्तामात्रै हाम्रो केन्द्रविन्दु होइन,” उनले भनिन्, “संविधान र संसदीय मर्म बचाउनका लागि कांग्रेस विपक्षमा पनि बस्न सक्छ ।”

उनले केन्द्रमा कांग्रेस र एमाले मिलेर सरकार गठन हुँदा ठूलो दलहरू नै सत्तामा गएपछि प्रभावकारी प्रतिपक्षको अभावबारे प्रश्न उठेको स्मरण गराइन् । एउटा प्रमुख दल प्रतिपक्षमा बसेको भए जनताको पक्षमा खबरदारी गर्ने भूमिका अझ प्रभावकारी हुन सक्ने उनको भनाइ थियो ।

भुसालले संघीयता सफल बनाउन प्रदेशसभालाई जनताको वास्तविक प्रतिनिधि संस्था बनाउनुपर्नेमा जोड दिइन् । त्यसका लागि प्रमुख दलमध्ये एक दलले जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ छ ।

उनले संविधान संशोधनका विषयमा साझा दृष्टिकोण बनाउन र बलियो संयन्त्रमार्फत छलफल अघि बढाउनुपर्ने आवश्यकता औंल्याइन् । संविधानको रक्षा र संघीयताको सुदृढीकरणका लागि दलहरूबीच सहकार्य आवश्यक रहेको उनको भनाइ थियो।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय