spot_img

अब भाषणले मात्र पुग्दैन, कांग्रेसले ऐतिहासिक निर्णय गर्नुपर्छ : भीष्मराज आङ्देम्बे

spot_img
spot_img

काठमाडौं,०७ साउन । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले बदलिएको राजनीतिक परिस्थितिमा कांग्रेसले भाषणमा मात्र सीमित नभई ऐतिहासिक निर्णय गर्ने साहस देखाउनुपर्ने बताएका छन्।

बीपी कोइरालाको स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले अहिलेको समय कुनै एक नेताको भाषण सुनेर महिनौं उत्साहित हुने नभएको उल्लेख गरे। समयले कांग्रेससँग गम्भीर निर्णय, स्पष्ट दृष्टिकोण र नयाँ संकल्पको अपेक्षा गरेको उनको भनाइ थियो।

“एक समय यस्तो पनि थियो, एउटा व्यक्तिको भाषण सुनेर महिनौं त्यसैमा रमाउने अवस्था थियो। तर अहिलेको समयले कांग्रेससँग भाषण होइन, इतिहास बदल्ने निर्णय मागिरहेको छ,” उनले भने।

आङ्देम्बेले जीवन्त राजनीतिक दलमा छलफल, बहस र विचारको प्रतिस्पर्धा स्वाभाविक हुने बताए। तर ती मतभेद संवादबाट समाधान हुनुपर्ने भन्दै विवादले आक्रोशको रूप लिए पार्टी कमजोर बन्दै जाने चेतावनी दिए।

उनका अनुसार विवादले पार्टीलाई शिथिल बनाउँछ र कमजोर बनेको पार्टीले समाजलाई सकारात्मक दिशा दिन सक्दैन। नेता आङ्देम्बेले इतिहासले अहिले कांग्रेसलाई आत्मसमीक्षा गर्न र नयाँ ढंगले अघि बढ्न सचेत गराइरहेको उल्लेख गर्दै पार्टीले त्यसलाई गम्भीर रूपमा आत्मसात् गर्नुपर्ने धारणा राखे।

उनले बदलिँदो राजनीतिक परिवेशअनुसार नयाँ संकल्प, प्रभावकारी संगठन र देशभरका पार्टी संरचनालाई थप सक्रिय बनाउँदै कांग्रेसले नयाँ ऊर्जा र स्पष्ट दिशासहित अघि बढ्नुपर्नेमा जोड दिए।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय