spot_img

इजरायललाई मान्यता दिएपछि मात्र साउदीसँगको आणविक सम्झौता लागू हुने ट्रम्पको दाबी

spot_img
spot_img

काठमाडाैं,०८ साउन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र साउदी अरबबीच प्रस्तावित असैनिक (सिभिल) आणविक ऊर्जा सम्झौता साउदी अरबले इजरायललाई सार्वभौम राष्ट्रका रूपमा मान्यता दिएपछि मात्र कार्यान्वयन हुने बताएका छन्।

सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसल मार्फत ट्रम्पले साउदी अरबले ऐतिहासिक अब्राहम सम्झौतामा सहभागी हुने निर्णय गरेपछि मात्रै उक्त सम्झौताले पूर्णता पाउने दाबी गरेका हुन्।

ट्रम्पका अनुसार अमेरिका र साउदी अरबबीचको सम्झौता इरान, संयुक्त अरब इमिरेट्स (यूएई) लगायत अन्य देशसँग भएका असैनिक आणविक ऊर्जा सम्झौताजस्तै गैरसैन्य प्रयोजनका लागि मात्र हुनेछ। उनले अमेरिका असैनिक प्रयोजनका लागि आणविक ऊर्जा विकासको विपक्षमा नरहेको पनि स्पष्ट पारे।

यद्यपि, ट्रम्पले उल्लेख गरेको इजरायललाई मान्यता दिने सर्त वास्तवमै सम्झौताको आधिकारिक दस्तावेजमा समावेश छ वा छैन भन्ने विषय खुल्न बाँकी छ। सम्झौताको पूर्ण मस्यौदा सार्वजनिक नभएकाले यसबारे पुष्टि हुन सकेको छैन।

साथै, साउदी अरबले यस्तो सर्त स्वीकार गरेको वा नगरेको विषयमा पनि कुनै आधिकारिक जानकारी सार्वजनिक भएको छैन। बीबीसीका अनुसार ट्रम्पको पछिल्लो अभिव्यक्तिबारे साउदी सरकारले हालसम्म कुनै प्रतिक्रिया जनाएको छैन।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय