spot_img

मधेसमा करिब ७९ प्रतिशत धान रोपाइँ सम्पन्न, सिरहा अगाडि र महोत्तरी पछाडि

spot_img
spot_img

जनकपुर,०८ साउन । मधेस प्रदेशमा यस वर्षको धान रोपाइँ अन्तिम चरणमा पुगेको छ। प्रदेशभर हालसम्म ७८.५९ प्रतिशत अर्थात् करिब तीन लाख ५८० हेक्टर क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको छ।

मधेस प्रदेश कृषि विकास निर्देशनालयका अनुसार साउन ७ गतेसम्मको तथ्यांकमा सबैभन्दा बढी सिरहा जिल्लामा ९४ प्रतिशत रोपाइँ सम्पन्न भएको छ भने महोत्तरीमा सबैभन्दा कम ५५ प्रतिशत मात्र रोपाइँ भएको छ।

यस वर्ष समयमै पर्याप्त वर्षा भएकाले अधिकांश जिल्लामा किसान उत्साहका साथ धान रोपाइँमा जुटेका छन्। उन्नत जातका बीउको प्रयोगसँगै रासायनिक तथा प्राङ्गारिक मलको उचित व्यवस्थापनमा पनि किसानले ध्यान दिएको निर्देशनालयका बागवानी विकास अधिकृत किरण विश्वकर्माले जानकारी दिए।

यद्यपि, प्रदेशका केही क्षेत्रमा सिँचाइ सुविधा र मलको अभावका कारण किसानले समस्या भोग्नुपरेको गुनासो गरेका छन्।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय