spot_img

इतिहासबाट सिक्दै सुशासन र समृद्धितर्फ अघि बढ्न राष्ट्रपतिको आह्वान

spot_img
spot_img

काठमाडौं,०८ साउन । राष्ट्रपति रामचन्द्र पौडेलले इतिहासका सकारात्मक पक्षबाट शिक्षा लिएर अघि बढे मात्र वर्तमानप्रति न्याय गर्न र उज्ज्वल भविष्य निर्माण गर्न सकिने बताएका छन्।

राष्ट्रिय विभूति भीमसेन थापाको २२५औँ जन्मजयन्ती तथा पुरस्कार–सम्मान कार्यक्रममा शुक्रबार सम्बोधन गर्दै राष्ट्रपति पौडेलले पुर्खाको त्याग, बलिदान, साहस र राष्ट्रप्रेमकै कारण नेपालीहरू आज स्वतन्त्र र गौरवका साथ उभिन सकेको उल्लेख गरे।

उनले इतिहासका प्रेरणादायी पक्षलाई आत्मसात् गर्दै राष्ट्रिय एकता, भाइचारा, सहिष्णुता र राष्ट्रप्रेमलाई थप मजबुत बनाउनुपर्नेमा जोड दिए। राष्ट्रप्रेमप्रतिको प्रतिबद्धता कुनै पनि अवस्थामा कमजोर हुन नहुने उनको भनाइ थियो।

राष्ट्रपति पौडेलले भ्रष्टाचार, विकृति र विसंगति अन्त्य गर्दै सुशासनमार्फत देशको विकासलाई तीव्र बनाउन सबै एकजुट हुनुपर्ने आवश्यकता औँल्याए। उनका अनुसार यही प्रयास नै भीमसेन थापासहित राष्ट्रका वीर पुर्खाप्रति सच्चा सम्मान हुनेछ।

कार्यक्रममा उनले राष्ट्रिय विभूति भीमसेन थापालाई राष्ट्र, राष्ट्रियता, सार्वभौमसत्ता र राष्ट्रिय अखण्डताका दृढ रक्षकका रूपमा स्मरण गर्दै अङ्ग्रेजसँगको युद्धमा ठूलो क्षति बेहोरे पनि उनको अडानका कारण नेपालले आफ्नो स्वतन्त्रता जोगाउन सफल भएको बताए।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय