काठमाडौं,०८ साउन । काठमाडौंमा आत्मदाह प्रयासपछि उपचारका क्रममा ज्यान गुमाएका मुगुका गणेश नेपालीको परिवारलाई नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले एक लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेका छन्।
नेपाली कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालद्वारा जारी विज्ञप्तिअनुसार सभापति थापाले राहतस्वरूप उक्त रकम उपलब्ध गराएका हुन्।
विज्ञप्तिमा सभापति थापाले स्वर्गीय गणेश नेपालीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनको परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको उल्लेख गरिएको छ। मुगुको सोरु गाउँपालिका–१ निवासी २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा बीर अस्पतालमा निधन भएको थियो।




