spot_img

ललितपुर महानगरमा ३१ कर्मचारीको माग, आजसम्म आवेदन दिन सकिने

spot_img
spot_img

काठमाडौं,०८ साउन । ललितपुर महानगरपालिकाले करार सेवामार्फत विभिन्न पाँच पदमा ३१ जना कर्मचारी भर्नाका लागि आवेदन आह्वान गरेको छ। इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले आज (साउन ८) सम्म आवेदन दिन सक्नेछन्।

महानगरले स्वास्थ्य सहायक, कम्प्युटर अपरेटर, तामेलदार, हेभी सवारी चालक र हलुका सवारी चालक पदमा कर्मचारी माग गरेको हो। कुल ३१ पदमध्ये स्वास्थ्य सहायक ६, कम्प्युटर अपरेटर ५, तामेलदार २, हेभी सवारी चालक ४ र हलुका सवारी चालक १४ जना रहनेछन्।

स्वास्थ्य सहायक पदका लागि प्रमाणपत्र तह उत्तीर्ण भई नेपाल स्वास्थ्य व्यवसायी परिषद्मा दर्ता भएको हुनुपर्नेछ भने कम्प्युटर अपरेटरका लागि सम्बन्धित शैक्षिक योग्यता वा कम्प्युटर तालिम आवश्यक छ। चालक पदका उम्मेदवारसँग सम्बन्धित वर्गको सवारी चालक अनुमतिपत्र र कम्तीमा पाँच वर्षको अनुभव अनिवार्य गरिएको छ।

उम्मेदवारको न्यूनतम उमेर १८ वर्ष हुनुपर्नेछ। पुरुषका लागि अधिकतम ३५ वर्ष र महिलाका लागि ४० वर्षको उमेर सीमा तोकिएको छ। पाँचौँ तहका पदका लागि ७०० रुपैयाँ तथा चौथो तह र तहविहीन पदका लागि ५०० रुपैयाँ आवेदन दस्तुर निर्धारण गरिएको छ।

आवेदन ललितपुर महानगरपालिका, पुल्चोकस्थित नगर कार्यपालिकाको कार्यालयमा बुझाउनुपर्नेछ। आवेदन फाराम, विस्तृत सूचना र पाठ्यक्रम महानगरपालिकाको आधिकारिक वेबसाइटबाट प्राप्त गर्न सकिने जनाइएको छ।

महानगरका अनुसार स्वास्थ्य सहायक र तामेलदार पदमा लिखित परीक्षा तथा अन्तर्वार्ता, कम्प्युटर अपरेटरमा लिखित, प्रयोगात्मक र अन्तर्वार्ता तथा चालक पदमा प्रयोगात्मक परीक्षा र अन्तर्वार्ताको आधारमा छनोट गरिनेछ। छनोट भएका कर्मचारीको करार अवधि २०८३ पुस मसान्तसम्म रहनेछ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय