spot_img

एक वर्षमा काठमाडौंमा २,५२८ विरोध प्रदर्शन, झन्डै ४० हजार प्रहरी परिचालन

spot_img
spot_img

काठमाडौं,०८ साउन । काठमाडौं उपत्यकामा गत आर्थिक वर्ष २०८२/८३ मा २ हजार ५२८ वटा विरोध प्रदर्शन भएका छन्। ती प्रदर्शनको शान्तिपूर्ण व्यवस्थापनका लागि झन्डै ४० हजार प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

परिसरका एसपी पवनकुमार भट्टराईका अनुसार विरोध प्रदर्शनलाई व्यवस्थित र शान्तिपूर्ण बनाउन वर्षभरि ३९ हजार ८५४ जना प्रहरी परिचालन गरिएको थियो।

प्रहरीका अनुसार यही अवधिमा नेपाल प्रिमियर लिग (एनपीएल) लगायतका ठूला सार्वजनिक कार्यक्रमहरूको सुरक्षा व्यवस्थापन पनि सफलतापूर्वक गरिएको थियो। यद्यपि, गत आर्थिक वर्षमा भएको जेनजी आन्दोलनका क्रममा भने प्रहरीतर्फ पनि उल्लेख्य क्षति पुगेको प्रहरीले जनाएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय