spot_img

धनुषामा हवाई फायरपछि २ भारतीय लागुऔषध कारोबारी पक्राउ

spot_img
spot_img

धनुषा,०८ साउन । धनुषाको ढल्केबर क्षेत्रमा प्रहरीले हवाई फायर गरेर दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ परेकाहरू लागुऔषध कारोबारमा संलग्न रहेको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा भारतका २८ वर्षीय सन्तोष कुमार महतो र ४५ वर्षीय मिथिलेश साहु रहेका छन्।

लागुऔषध नियन्त्रण ब्यूरोका एसएसपी सुवास बोहराका अनुसार शुक्रबार ढल्केबरबाट जनकपुरतर्फ जाँदै गरेका उनीहरू प्रहरीसँग सामना भएपछि भाग्ने प्रयास गरेका थिए। नियन्त्रणमा लिन प्रहरीले एक राउण्ड हवाई फायर गर्नुपरेको थियो।

प्रहरीले उनीहरूको साथबाट ९५ ग्राम ५९० मिलिग्राम खैरो हेरोइन बरामद गरेको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय