spot_img

पराष्ट्रपति यादव र स्वीस राजदूतबीच भेटवार्ता

spot_img
spot_img

काठमाडौं,०८ साउन । उपराष्ट्रपति रामसहाय प्रसाद यादव र नेपालका लागि स्वीट्जरल्यान्डका राजदूत डा. डेनियल म्युउली मोन्टेलियोनबीच शुक्रबार शिष्टाचार भेटवार्ता भएको छ। लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा भएको भेटमा नेपाल–स्वीट्जरल्यान्ड सम्बन्ध र आपसी सहयोगका विविध विषयमा छलफल भएको हो।

उपराष्ट्रपति यादवले सन् १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भएयता दुई देशबीचको सम्बन्ध मैत्रीपूर्ण, सौहार्दपूर्ण र सहयोगात्मक रहँदै आएको उल्लेख गर्दै उच्चस्तरीय भ्रमणहरूले द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाएको बताए।

उनले नेपालको शान्ति प्रक्रियामा स्वीस सरकारबाट प्राप्त निरन्तर सहयोगप्रति आभार व्यक्त गर्दै स्वीस विकास तथा सहयोग नियोग (एसडीसी) मार्फत सञ्चालन भएका भूकम्पपछिको पुनर्निर्माण, झोलुङ्गे पुल निर्माण, रोजगारी प्रवर्द्धन तथा प्राविधिक सहयोगका कार्यक्रमले नेपाली जनतामा प्रत्यक्ष सकारात्मक प्रभाव पारेको बताए।

भेटका क्रममा राजदूत डा. मोन्टेलियोनले नेपाल र स्वीट्जरल्यान्डबीचको सहकार्यलाई अझ विस्तार गर्नुपर्नेमा जोड दिँदै उद्योगलगायत विभिन्न क्षेत्रमा स्वीस लगानी बढाउने इच्छा रहेको बताएका छन्।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय