spot_img

दुई दिने बिदाले उत्पादकत्व र मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्छ : मन्त्री पोखरेल

spot_img
spot_img

काठमाडौं,०८ साउन । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय तत्काल सबैलाई लोकप्रिय नलागे पनि यसको दीर्घकालीन प्रभाव सकारात्मक हुने बताएका छन्।

शुक्रबार मन्त्रालयमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री पोखरेलले दुई दिने बिदाले कर्मचारीको मानसिक स्वास्थ्य सुधार्नुका साथै कार्यक्षमता र उत्पादकत्व बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे।

उनले अभिभावकका लागि पनि दुई दिनको बिदा आवश्यक रहेको उल्लेख गर्दै परिवारसँग समय बिताउन पाउनु बालबालिकाको हेरचाह र पारिवारिक सम्बन्धका लागि महत्त्वपूर्ण हुने बताए।

सरकारी क्षेत्रमा दुई दिने बिदा लागू भइसकेको उल्लेख गर्दै मन्त्री पोखरेलले निजी क्षेत्रले पनि क्रमशः शनिबार र आइतबार दुवै दिन बिदा दिने व्यवस्था अपनाउने विश्वास व्यक्त गरे। उनका अनुसार यस्तो व्यवस्था समग्र समाजकै हितमा रहनेछ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय