spot_img

बिरामीको मृत्युलाई लिएर नारायणी अस्पतालमा विरोध प्रदर्शन, आकस्मिक कक्षमा तोडफोड

spot_img
spot_img

वीरगंज,९ साउन – वीरगंजस्थित नारायणी अस्पतालमा उपचाररत एक बिरामीको निधन भएपछि आक्रोशित आफन्त तथा स्थानीयवासीले अस्पतालको आकस्मिक सेवा कक्षमा तोडफोड गरेका छन्।

वीरगंज महानगरपालिका–२५ निवासी ४५ वर्षीय राजकुमार पटेलको शनिबार उपचारकै क्रममा मृत्यु भएपछि बिहान करिब ११ बजेतिर उनका आफन्त र स्थानीयले आकस्मिक कक्षमा प्रवेश गरी नाराबाजी गर्दै अस्पतालका केही सामग्रीमा क्षति पुर्‍याएका हुन्।

मृतकका परिवारजनले चिकित्सकको लापरबाहीका कारण पटेलको ज्यान गएको आरोप लगाउँदै विरोध प्रदर्शन गरेका थिए। प्रदर्शनका क्रममा आकस्मिक कक्षमा तोडफोड भएको र एक जना व्यक्ति घाइते भएको प्रत्यक्षदर्शीहरूले जानकारी दिएका छन्।

घटनापछि केही समय अस्पताल परिसर तनावपूर्ण बनेको थियो। सुरक्षा अवस्था नियन्त्रणमा लिन अस्पताल क्षेत्रमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ।

वडा प्रहरी कार्यालयका प्रमुख विक्रम सुवेदीका अनुसार उपचारका लागि अस्पताल ल्याइएका पटेलको मृत्युको वास्तविक कारण हालसम्म खुल्न सकेको छैन। घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय