spot_img

सर्पदंशबाट बालकको मृत्युपछि सिरहाको भगवानपुर तनावग्रस्त, स्वास्थ्य केन्द्रमा तोडफोड

spot_img
spot_img

सिरहा,९ साउन –  सर्पदंशबाट पीडित एक बालकको उपचारका क्रममा मृत्यु भएपछि सिरहाको भगवानपुर गाउँपालिका तनावग्रस्त बनेको छ। घटनापछि आक्रोशित स्थानीयले प्राथमिक स्वास्थ्य केन्द्रमा तोडफोड गर्नुका साथै हुलाकी सडक अवरुद्ध गरेका छन्।

मृतक सप्तरीको बलान बिहुल गाउँपालिकाका अरुण मण्डलका छोरा रोशन मण्डल हुन्। उनलाई उपचारका लागि सिरहाको भगवानपुर गाउँपालिका–४ कल्याणपुरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याइएको थियो।

स्थानीय तथा मृतकका आफन्तले समयमै थप उपचारका लागि अन्य अस्पतालमा रिफर नगर्दा र एम्बुलेन्स उपलब्ध गराउन ढिलाइ हुँदा बालकको ज्यान गएको आरोप लगाएका छन्।

स्थानीयका अनुसार एम्बुलेन्स चालकले गाउँपालिका अध्यक्ष उग्र नारायण यादवको अनुमति बिना एम्बुलेन्स सञ्चालन गर्न नमिल्ने जनाएको थियो। त्यसका कारण उपचारमा ढिलाइ भएको र थप उपचारका लागि लैजाँदै गर्दा बाटोमै बालकको मृत्यु भएको आफन्तको दाबी छ।

घटनापछि स्थानीयले स्वास्थ्य केन्द्रमा तोडफोड गर्दै विरोध प्रदर्शन गरेका छन् भने हुलाकी सडक अवरुद्ध भएपछि क्षेत्रको अवस्था केहीबेर तनावपूर्ण बनेको थियो। घटनाबारे सम्बन्धित निकायले थप अनुसन्धान गरिरहेको जनाएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय