पर्सा, ९ साउन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्सागढी नगर कमिटी, पर्साको पहलमा पर्सागढी नगरपालिका–३ बढनियारमा खुला रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
उक्त कार्यक्रम प्रतिनिधिसभा सदस्य सुशील साह कानुको प्रमुख आतिथ्यमा आयोजना गरिएको थियो। कार्यक्रममा ३ महिलासहित जम्मा ६० जनाले स्वेच्छिक रूपमा रक्तदान गरेका थिए।
कार्यक्रममा रास्वपा महाअधिवेशन प्रतिनिधि सुधिर पटेल, मधेश प्रदेश यातायात विभाग प्रमुख राम आर्य, क्षेत्र नं. २ का सचिव किशन प्रसाद, वीरगञ्ज नगर सभापति दीपराज पटेल, स्थानीय बुद्धिजीवी, पर्सागढी नगर कमिटीका पदाधिकारी तथा पार्टीका कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
रक्तदान गर्नेहरूमा प्रमुख अतिथि सांसद सुशील साह कानु, सुधिर पटेल, मुस्कान दाहाल, होम प्रसाद न्यौपाने, सन्तोष खवास, पोषण पटेल कुर्मी, हर्कबहादुर अर्याल, आशिक अधिकारी, रैतु आलम अन्सारी, कमलेश रायभर, मनोज रायभर तथा करण आचार्यलगायत रहेका थिए।
कार्यक्रमलाई सफल बनाउन नेपाल रेडक्रस सोसाइटी रेशम उपशाखाका सह-कोषाध्यक्ष अभिलाष गुप्ता तथा रक्तसञ्चार केन्द्र वीरगञ्जका प्रमुख सौरभ पाण्डे लगायतले विशेष सहयोग पुर्याएको आयोजकले जानकारी दिएको छ।




