काठमाडौं– नेपालको लजिस्टिक्स उद्योग पछिल्ला केही वर्षयता तीव्र रूपमा विस्तार भइरहेको छ। ई–कमर्स, डिजिटल व्यापार तथा छिटो र भरपर्दो डेलिभरी सेवाप्रतिको बढ्दो मागसँगै यस क्षेत्रमा लगानी, पूर्वाधार विकास र प्रविधिको प्रयोग उल्लेखनीय रूपमा बढेको छ। यही परिवर्तनबीच लजिस्टिक्स कम्पनी उपायले पछिल्लो एक वर्षमा हासिल गरेको व्यावसायिक विस्तारले उद्योगको ध्यान आकर्षित गरेको छ।
सन् २०२० मा स्थापना भएको उपायले प्रविधिमा आधारित लजिस्टिक्स सेवा सञ्चालन गर्दै नेपालभरका व्यवसाय, ई–कमर्स कम्पनी, अनलाइन विक्रेता र उपभोक्तालाई जोड्ने लक्ष्यसहित आफ्नो यात्रा सुरु गरेको थियो। छोटो अवधिमै कम्पनीले देशव्यापी वितरण सञ्जाल विस्तार गर्दै नेपालको अग्रणी लजिस्टिक्स सेवा प्रदायकमध्ये आफूलाई स्थापित गरेको जनाएको छ।
एक वर्षमै उल्लेखनीय विस्तार
कम्पनीका अनुसार चालु आर्थिक वर्ष उपायका लागि विस्तार र वृद्धिको वर्ष बनेको छ। कर्मचारी संख्या, शाखा विस्तार, वितरण सञ्जाल, दैनिक डेलिभरी क्षमता, कारोबार र पूर्वाधार विकासलगायत सबै क्षेत्रमा उल्लेखनीय प्रगति भएको कम्पनीको दाबी छ।
गत आर्थिक वर्षसम्म करिब ३८० कर्मचारी रहेको कम्पनीमा हाल १,५०० भन्दा बढी कर्मचारी कार्यरत छन्। प्रत्यक्ष रोजगारीसँगै हजारौँ डेलिभरी पार्टनर, स्थानीय कामदार, ट्रान्सपोर्ट साझेदार तथा अन्य सेवा प्रदायकमार्फत पाँच हजारभन्दा बढी अप्रत्यक्ष रोजगारी सिर्जना भएको कम्पनीले जनाएको छ।
त्यस्तै, एक वर्षअघि ४० शाखामा सीमित कम्पनीले हाल ४०० भन्दा बढी शाखा तथा सेवा केन्द्र सञ्चालनमा ल्याएको छ। कम्पनीको सेवा अहिले नेपालका सबै जिल्लासहित पाँच हजारभन्दा बढी वितरण बिन्दुसम्म विस्तार भएको छ।
दैनिक १५ हजार पार्सल वितरण
उपायले दैनिक डेलिभरी क्षमतामा पनि उल्लेखनीय वृद्धि गरेको जनाएको छ। केही वर्षअघि दैनिक करिब एक हजार पार्सल वितरण गर्ने कम्पनीले अहिले औसत १५ हजार पार्सल दैनिक वितरण गरिरहेको छ।
कारोबारमा ५४ प्रतिशत वृद्धि
सञ्चालन विस्तारसँगै कम्पनीको वित्तीय प्रदर्शनमा पनि उल्लेखनीय सुधार आएको छ। कम्पनीका अनुसार चालु आर्थिक वर्षमा कारोबार ५४ प्रतिशतले वृद्धि भएको छ।
यो वृद्धि देशव्यापी शाखा विस्तार, नयाँ व्यावसायिक ग्राहक, Fulfillment सेवाको विस्तार, ई–कमर्स बजारको तीव्र वृद्धि तथा दैनिक पार्सल संख्यामा भएको बढोत्तरीका कारण सम्भव भएको कम्पनीको भनाइ छ।
साँगामा निर्माण हुँदै नेपालकै आधुनिक 3PL वेयरहाउस
उपाय वेयरहाउजिङले काभ्रेको साँगामा आफ्नै १८ रोपनीभन्दा बढी क्षेत्रफलमा करिब ४५ हजार वर्गफुटमा अत्याधुनिक 3PL (Third-Party Logistics) Warehouse निर्माण गरिरहेको जनाएको छ।
कम्पनीका अनुसार वेयरहाउसको कुल भण्डारण क्षमता करिब एक लाख ४० हजार वर्गफुट हुनेछ। आगामी छ महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको उक्त परियोजनाले नेपालको लजिस्टिक्स पूर्वाधारमा नयाँ आयाम थप्ने विश्वास गरिएको छ।
वेयरहाउस सञ्चालनमा आएपछि Storage, Inventory Management, Pick & Pack, Fulfillment तथा Nationwide Distribution लगायतका एकीकृत 3PL सेवाहरू एउटै स्थानबाट उपलब्ध गराइने कम्पनीले जनाएको छ।
हाल कम्पनीले काठमाडौंको पेप्सीकोलास्थित करिब १८ हजार वर्गफुटको 3PL वेयरहाउसबाट सेवा सञ्चालन गरिरहेको छ। नयाँ पूर्वाधारले बढ्दो व्यावसायिक मागलाई सम्बोधन गर्नुका साथै लजिस्टिक्स क्षेत्रको विकासमा महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।
“पूर्वाधार र जनशक्तिमा लगानी दीर्घकालीन रणनीति”
उपायको Fulfillment Division का अध्यक्ष संगम पौडेलले कम्पनीले तत्कालीन बजारको आवश्यकता मात्र नभई भविष्यको लजिस्टिक्स प्रणालीलाई लक्षित गर्दै पूर्वाधार र प्रविधिमा लगानी गरिरहेको बताए।
उनले भने, “नेपालमा व्यवसाय गर्ने तरिका तीव्र रूपमा परिवर्तन भइरहेको छ। त्यसअनुसार लजिस्टिक्स क्षेत्र पनि आधुनिक हुन आवश्यक छ। हामीले निर्माण गरिरहेको 3PL Warehouse ले नेपाली व्यवसायलाई अझ प्रभावकारी, व्यवस्थित र विस्तारयोग्य लजिस्टिक्स समाधान उपलब्ध गराउने विश्वास लिएका छौँ।”
उनका अनुसार कम्पनीको लक्ष्य केवल पार्सल डेलिभरीमा सीमित नभई सम्पूर्ण Supply Chain लाई प्रभावकारी बनाउँदै गुणस्तरीय सेवा प्रदान गर्नु हो।
रोजगारी सिर्जनामा उल्लेखनीय योगदान
कम्पनीको विस्तारसँगै रोजगारी सिर्जनामा पनि उल्लेखनीय योगदान पुगेको जनाएको छ।
उपायका AVP–Human Resources राजु केसीका अनुसार पछिल्लो एक वर्षमा कर्मचारी संख्या चार गुणाभन्दा बढी बढेको छ, जसले नेपालको श्रम बजारमा सकारात्मक प्रभाव पारेको छ।
उनले भने, “हामी कर्मचारी संख्या मात्र बढाइरहेका छैनौँ, दक्ष जनशक्ति पनि तयार गरिरहेका छौँ। नियमित तालिम, सुरक्षित कार्य वातावरण, करियर विकास र कर्मचारी कल्याणलाई प्राथमिकतामा राख्दै उपायलाई दीर्घकालीन रोजगारीको उत्कृष्ट कार्यस्थल बनाउने लक्ष्य राखेका छौँ।”
डिजिटल व्यापारको भरपर्दो साझेदार
हाल उपायले ई–कमर्स कम्पनी, साना तथा मझौला व्यवसाय, उत्पादन उद्योग, रिटेल ब्रान्ड तथा जलविद्युत् परियोजनालगायतलाई End-to-End Logistics Solutions उपलब्ध गराउँदै आएको जनाएको छ।
Seller Portal, Real-Time Tracking, Proof of Delivery (POD), Fulfillment Service, Air Cargo, Cargo Integration, Nationwide Distribution Network तथा Enterprise Logistics Solutions जस्ता सेवामार्फत कम्पनीले डिजिटल व्यापारलाई थप सहज बनाइरहेको जनाएको छ।
आगामी योजना
उपायले आगामी वर्षहरूमा देशव्यापी नेटवर्क विस्तार, थप 3PL Warehousing Facilities स्थापना, Fulfillment सेवाको विस्तार तथा AI मा आधारित आधुनिक लजिस्टिक्स पूर्वाधारमा थप लगानी गर्ने योजना सार्वजनिक गरेको छ।
Fulfillment Division का अध्यक्ष संगम पौडेलले भने, “हाम्रो उद्देश्य केवल कम्पनीको वृद्धि होइन, नेपालको सम्पूर्ण लजिस्टिक्स इकोसिस्टमलाई नयाँ उचाइमा पुर्याउनु हो। पूर्वाधार, प्रविधि, जनशक्ति र सेवाको गुणस्तरमा निरन्तर लगानी गर्दै हामी नेपाली व्यवसायहरूको दीर्घकालीन विकासका लागि भरपर्दो साझेदार बन्न प्रतिबद्ध छौँ।”
कर्मचारी संख्या, शाखा विस्तार, कारोबार वृद्धि, दैनिक पार्सल व्यवस्थापन क्षमता र अत्याधुनिक 3PL वेयरहाउस निर्माणजस्ता उपलब्धिले पछिल्लो एक वर्षमा उपायले उल्लेखनीय व्यावसायिक विस्तार हासिल गरेको कम्पनीको दाबी छ। उद्योग विश्लेषकहरूका अनुसार नेपालको लजिस्टिक्स बजार तीव्र रूपमा विस्तार भइरहेका बेला यस्ता पूर्वाधारमा गरिएको लगानीले भविष्यमा कम्पनीको प्रतिस्पर्धात्मक क्षमता अझ सुदृढ बन्ने अपेक्षा गरिएको छ।




