spot_img

पर्सामा आँपको बगैचाबाट १४० किलो गाँजा बरामद, अनुसन्धान जारी

spot_img
spot_img

वीरगञ्ज,१० साउन – पर्साको छिपहरमाई गाउँपालिका–१ मिर्जापुरस्थित एक आँपको बगैचाबाट प्रहरीले १४० किलोग्राम लागूऔषध गाँजा बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार विशेष सूचनाको आधारमा शनिबार राति करिब ९ः३० बजे इलाका प्रहरी कार्यालय पोखरिया र सशस्त्र प्रहरी बलको बीओपी मिर्जापुरबाट खटिएको संयुक्त प्रहरी टोलीले बगैचामा खोजतलास गरेको थियो।

खोजतलासका क्रममा बगैचाभित्र घाँसले छोपेर लुकाइराखिएको अवस्थामा १३ वटा पोकामा रहेको गाँजाजस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ।

बरामद गरिएको पदार्थको तौल १४० किलोग्राम रहेको प्रहरीले पुष्टि गरेको छ।

घटनामा संलग्न व्यक्तिको खोजीका साथै बरामद लागूऔषधको स्रोतबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय