spot_img

अस्पतालमा विवाद चर्किँदा चिकित्सकमाथि हेल्मेट र ढुङ्गा प्रहार,चिकित्सक आइस्युमा भर्ना

spot_img
spot_img

वीरगञ्ज– पर्साको वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचारका क्रममा एक बिरामीको मृत्यु भएपछि अस्पताल परिसर तनावग्रस्त बनेको छ। घटनाका क्रममा उपचारमा संलग्न एक चिकित्सकमाथि आक्रमण भएको प्रहरीले जनाएको छ।

वीरगञ्ज महानगरपालिका–२५ का ४५ वर्षीय राजकुमार पटेलको शनिबार उपचारकै क्रममा मृत्यु भएपछि उनका आफन्त तथा स्थानीयले चिकित्सक र अस्पताल प्रशासनको लापरबाहीका कारण बिरामीको ज्यान गएको आरोप लगाउँदै अस्पतालमा प्रदर्शन गरेका थिए।

प्रदर्शनका क्रममा उपचारमा संलग्न चिकित्सक डा. प्रमोद राममाथि केही व्यक्तिले हेल्मेट र ढुङ्गाले आक्रमण गरेको जनाइएको छ। टाउको र शरीरमा चोट लागेर गम्भीर घाइते भएका उनलाई तत्काल नारायणी अस्पतालकै सघन उपचार कक्ष (आईसीयू) मा भर्ना गरी उपचार भइरहेको छ।

घटनापछि अस्पताल परिसरमा केही समय तनावको अवस्था सिर्जना भएपछि सुरक्षा व्यवस्था कडा पार्न प्रहरी परिचालन गरिएको थियो।

चिकित्सकमाथिको आक्रमणप्रति स्वास्थ्यकर्मी तथा चिकित्सकहरूले गम्भीर आपत्ति जनाउँदै घटनामा संलग्न व्यक्तिलाई कानुनी कारबाहीको दायरामा ल्याउन माग गरेका छन्। उनीहरूले अस्पतालजस्तो संवेदनशील क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित गर्न  सम्बन्धित निकायसँग आग्रहसमेत गरेका छन्।

जिल्ला प्रहरीले घटनाबारे अनुसन्धान अघि बढाएको जनाएको छ। प्रहरी घटना समलग्न रहेको भन्दै दुई जनालाई पक्राउ गरेको भएपनि उनीहरुले नै हानेको भन्ने प्रष्ट नभएपछि छाडिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरिक्षक चन्द्रबहादुर मल्लले बताए । चिकित्सकमाथी आक्रण हुनु दुःख रहेको तथा दोषीलाई कारवाही हुनु पर्ने वीरगंजका चिकित्सकहरुको भनाई छ ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय