spot_img

झडप र तनावपछि सुनसरीको देवानगञ्ज र हरिनगर क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु

spot_img
spot_img

सुनसरी,११ साउन – सुनसरीको देवानगञ्ज गाउँपालिका–३ अन्तर्गत पर्ने कप्तानगञ्ज नयाँ हटिया क्षेत्रमा दुई समुदायबीच आइतबार राति भएको हिंसात्मक झडप र त्यसपछि प्रहरीद्वारा गरिएको गोली प्रहारपछि उत्पन्न तनावलाई मध्यनजर गर्दै स्थानीय प्रशासनले अनिश्चितकालीन कर्फ्यु घोषणा गरेको छ। घटनापछि देवानगञ्ज र हरिनगर क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा अन्य सुरक्षा निकायका अतिरिक्त टोली परिचालन गरिएको छ।

प्रमुख जिल्ला अधिकारीद्वारा जारी आदेशअनुसार सोमबार बिहान ७ बजेदेखि अर्को सूचना जारी नभएसम्म कर्फ्यु लागू रहनेछ। स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) अनुसार हरिनगर, भुटाहा, कप्तानगञ्ज, घुस्की तथा देवानगञ्ज बजार क्षेत्रभित्र आवतजावत, सभा, जुलुस, प्रदर्शन तथा कुनै पनि प्रकारका सार्वजनिक भेला गर्न निषेध गरिएको छ।

प्रहरीका अनुसार आइतबार राति बोलबम यात्राका लागि कोशी ब्यारेजबाट जल लिएर डिजे बजाउँदै कप्तानगञ्ज चोकतर्फ गइरहेका हिन्दु धर्मावलम्बी र अर्को समुदायबीच डिजेको आवाजलाई लिएर विवाद सुरु भएको थियो। विवाद चर्किएपछि झडप भएको र स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मीले गोली चलाएका थिए। गोली लागेर देवानगञ्ज गाउँपालिका–४ निवासी ३० वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको छ। घटनामा ९ जना सर्वसाधारण, नेपाल प्रहरीका ८ जना र सशस्त्र प्रहरीका ५ जना गरी कुल २२ जना घाइते भएका छन्।

यस घटनाप्रति प्रतिक्रिया जनाउँदै घटनास्थल पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद लालविक्रम थापाले भीड नियन्त्रणका क्रममा सुरक्षाकर्मीले आवश्यकता भन्दा बढी र घातक बल प्रयोग गरेको आरोप लगाएका छन्। उनका अनुसार घाइतेमध्ये धेरैलाई कम्मरभन्दा माथिल्लो भाग, पेट तथा ढाडमा गोली लागेको देखिएको छ।

सांसद थापाले भीड नियन्त्रणका क्रममा घुँडामुनि गोली चलाउने अन्तर्राष्ट्रिय अभ्यास विपरीत संवेदनशील अंगमा गोली प्रहार गरिएको दाबी गर्दै घटनाको निष्पक्ष छानबिन हुनुपर्ने माग गरेका छन्। साथै, सरकारले घटनालाई धार्मिक दृष्टिकोणबाट व्याख्या गरेर वास्तविक जिम्मेवारीबाट पन्छिन खोजेको हो कि भन्ने आशंका व्यक्त गर्दै प्रशासनलाई थप तनाव फैलिन नदिन संयमित ढंगले काम गर्न आग्रह गरेका

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय