spot_img

नारायणी अस्पतालका डा. प्रमोद राम ट्रमा सेन्टरमा रेफर, दोषीमाथि कारबाहीको निर्देशन

spot_img
spot_img

वीरगंज,११ साउन – वीरगञ्जस्थित नारायणी अस्पतालमा चिकित्सकमाथि भएको आक्रमणमा गम्भीर घाइते भएका मेडिकल अफिसर डा. प्रमोद रामलाई थप उपचारका लागि काठमाडौंको राष्ट्रिय ट्रमा सेन्टरमा स्थानान्तरण गरिएको छ।

ट्रमा सेन्टरमा पुगेर स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले डा. रामको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी छन्। उनले उपचारमा कुनै कमी हुन नदिन चिकित्सक तथा अस्पताल प्रशासनलाई निर्देशन दिँदै आवश्यक सबै सहयोग उपलब्ध गराइने प्रतिबद्धता व्यक्त गरिन्।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अनुसार डा. रामको उपचारका लागि आवश्यक सम्पूर्ण व्यवस्थापन गरिएको छ। उपचारमा संलग्न चिकित्सकहरूसँग छलफल गर्दै मन्त्री मेहताले सरकार स्वास्थ्यकर्मीको उपचार र सुरक्षाप्रति संवेदनशील रहेको बताइन्।

यता, मन्त्रालयले नारायणी अस्पतालमा भएको तोडफोड तथा चिकित्सक र अन्य स्वास्थ्यकर्मीमाथिको आक्रमणप्रति गम्भीर चासो व्यक्त गरेको छ। मन्त्रालयले उपचारका क्रममा देखिने विवाद समाधानका लागि कानुनी प्रक्रिया उपलब्ध रहेकाले हिंसात्मक गतिविधि कुनै पनि अवस्थामा स्वीकार्य नहुने स्पष्ट पारेको छ।

मन्त्रालयले घटनामा संलग्न व्यक्तिहरूको पहिचान गरी कानुनबमोजिम कारबाही गर्न स्थानीय प्रशासनलाई आग्रह गरेको छ। साथै, स्वास्थ्य संस्थामा सुरक्षित कार्य वातावरण सुनिश्चित गर्दै स्वास्थ्यकर्मीको सुरक्षा सरकारको उच्च प्राथमिकतामा रहेको उल्लेख गरेको छ।

घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याइने विश्वाससमेत मन्त्रालयले व्यक्त गरेको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय