spot_img

अर्थमन्त्रीले आज उद्योगपतिसँग बजेट कार्यान्वयनबारे छलफल गर्ने

spot_img
spot_img

काठमाडौं,१२ साउन ।  अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज विभिन्न उत्पादनमूलक उद्योगका प्रतिनिधि तथा उद्योगपतिहरूसँग बजेट कार्यान्वयनका विषयमा छलफल गर्ने भएका छन्।

अर्थ मन्त्रालयका अनुसार बैठक आज दिउँसो ३ बजे मन्त्रालयमा बस्नेछ। छलफलमा मुलुकको अर्थतन्त्रमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएका करिब तीन दर्जन उद्योगपतिहरू सहभागी हुनेछन्।

बैठकमा चालु आर्थिक वर्षको बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्ने, उद्योग क्षेत्रले भोगिरहेका समस्या, निजी क्षेत्रका सुझाव तथा लगानी र उत्पादन वृद्धि गर्ने उपायबारे विस्तृत छलफल हुने जनाइएको छ।

छलफलमा अर्थमन्त्री वाग्ले, अर्थसचिव डा. घनश्याम उपाध्याय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव नारायणप्रसाद दवाडीसहित अर्थ मन्त्रालयका विभिन्न महाशाखा र विभागका उच्च अधिकारीहरूको सहभागिता रहनेछ।

सरकारले बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउँदै निजी क्षेत्रसँगको सहकार्यलाई थप मजबुत बनाउने उद्देश्यले यो छलफल आयोजना गरेको जनाएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय