spot_img

सुनको मूल्यमा एकैदिन रु ४,३०० को गिरावट,

spot_img
spot_img

काठमाडौं,१२ साउन । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य उल्लेखनीय रूपमा घटेको छ। अघिल्लो कारोबार दिनको तुलनामा सुन प्रतितोला रु ४,३०० ले घट्दा चाँदीको मूल्य पनि प्रतितोला रु १३५ ले ओरालो लागेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु २ लाख ८४ हजार २०० निर्धारण गरिएको छ। यस्तै, चाँदी प्रतितोला रु ४ हजार ३१० मा कारोबार भइरहेको छ।

सोमबार छापावाल सुन प्रतितोला रु २ लाख ८८ हजार ५०० र चाँदी प्रतितोला रु ४ हजार ४४५ कायम रहेको थियो। पछिल्लो मूल्य समायोजनसँगै दुवै बहुमूल्य धातुको बजारभाउमा गिरावट आएको महासङ्घले जनाएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय