spot_img

स्वास्थ्य सेवा नरोक्न मन्त्रालयको आग्रह, चिकित्सकको आन्दोलनपछि बिरामी प्रभावित

spot_img
spot_img

काठमाडौं,१२ साउन । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य सेवा अवरुद्ध नगर्न चिकित्सक, स्वास्थ्यकर्मी र सम्बन्धित सबै पक्षलाई आग्रह गरेको छ।

मन्त्रालयले चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भइरहेका कुटपिट र दुर्व्यवहारका घटनाप्रति गम्भीर चासो व्यक्त गर्दै नागरिकको उपचार सेवामा असर नपार्न अपिल गरेको हो।

मन्त्रालयका सह–प्रवक्ता डा. समीरकुमार अधिकारीले जारी गरेको विज्ञप्तिमा स्वास्थ्य सेवा अत्यन्तै संवेदनशील क्षेत्र भएकाले बिरामीको उपचारमा कुनै पनि प्रकारको अवरोध हुन नदिन सबैलाई जिम्मेवार बन्न आग्रह गरिएको छ।

नेपाल चिकित्सक संघले भने चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको धरपकड र दमनको विरोध गर्दै मंगलबार देशभर आकस्मिक सेवाबाहेकका सबै स्वास्थ्य सेवा बन्द गर्ने घोषणा गरेको छ।

संघले साउन ९ गते वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण र अस्पतालमा गरिएको तोडफोड घटनामा संलग्नमाथि कडा कारबाहीको माग गरेको छ। साथै, आगामी आन्दोलनका कार्यक्रम सर्वपक्षीय भेलापछि सार्वजनिक गरिने संघले जनाएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय