spot_img

साउन दोस्रो सातासम्म ८५.७२ प्रतिशत धान रोपाइँ सम्पन्न

spot_img
spot_img

काठमाडौं,१२ साउन । साउन दोस्रो सातासम्म देशभर धान रोपाइँको प्रगति ८५.७२ प्रतिशत पुगेको छ। कृषि विभागका अनुसार कुल १३ लाख ७० हजार ६१ हेक्टर धानखेती योग्य जमिनमध्ये ११ लाख ७४ हजार ३९२ हेक्टरमा रोपाइँ सम्पन्न भएको छ।

विभागको तथ्याङ्कअनुसार अझै १ लाख ९५ हजार ६६९ हेक्टर (१४.२८ प्रतिशत) क्षेत्रफलमा धान रोप्न बाँकी रहेको छ। प्रदेशगत रूपमा हेर्दा मधेस प्रदेशमा रोपाइँ सबैभन्दा कम प्रगति भएको देखिएको छ। यहाँ करिब ८५ हजार ३५२ हेक्टर अर्थात् २२.१२ प्रतिशत खेतमा अझै रोपाइँ हुन सकेको छैन।

मधेसपछि गण्डकी प्रदेशमा १९.२८ प्रतिशत, कोशीमा १३.०३ प्रतिशत, बागमतीमा १२.९१ प्रतिशत, कर्णालीमा ११.७८ प्रतिशत र लुम्बिनीमा ११.०१ प्रतिशत क्षेत्रफलमा धान रोप्न बाँकी छ। सुदूरपश्चिम प्रदेशमा भने ९७.९३ प्रतिशत रोपाइँ सम्पन्न भइसकेको छ, जहाँ रोपाइँ अन्तिम चरणमा पुगेको छ।

यस वर्ष केही क्षेत्रमा रोपाइँ बाँकी रहे पनि राष्ट्रिय स्तरमा धान रोपाइँको अवस्था गत वर्षको तुलनामा उल्लेखनीय रूपमा सुधारिएको छ।

गत वर्ष साउन दोस्रो सातासम्म ७८.८४ प्रतिशत मात्रै रोपाइँ भएको थियो भने यस वर्ष सोही अवधिमा करिब ७ प्रतिशतले वृद्धि हुँदै ८५.७२ प्रतिशत पुगेको कृषि विभागले जनाएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय