spot_img

श्रीमतीको हत्या प्रयास आरोपमा श्रीमान पक्राउ

spot_img
spot_img

सर्लाही,१२ साउन । सर्लाहीमा श्रीमतीको हत्या प्रयास गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा धनकौल गाउँपालिका–१ शेखौनाका २१ वर्षीय बसन्ता बैठा धोबी रहेका छन्।

प्रहरीका अनुसार सोमबार राति करिब ८ बजे बागमती नगरपालिका–५ टेकानीस्थित ससुरालीमा उनले आफ्नी १८ वर्षीया श्रीमती चिन्ता देवीमाथि कुटपिट गरेका थिए। त्यसपछि साडीको पासो लगाएर झुन्ड्याई ज्यान मार्ने प्रयास गरेको आरोप लागेको छ।

घटनाका क्रममा त्यहीँ रहेकी १० वर्षीया कुसुम कुमारीले घटना देखेपछि तत्काल आफन्तलाई खबर गरेकी थिइन्। आफन्तले समयमै पासो फुकालेर चिन्ता देवीको उद्धार गरेका कारण उनको ज्यान जोगिएको प्रहरीले जनाएको छ।

सूचना प्राप्त हुनासाथ घटनास्थल पुगेको प्रहरी टोलीले घाइतेलाई बागमती मोडेल अस्पताल, कर्मैयामा पुर्‍याएको थियो। सामान्य उपचारपछि उनलाई थप उपचारका लागि वीरगञ्ज रिफर गरिएको थियो।

पछि थप उपचारका लागि रौतहटको गरुडास्थित बेटर नेपाल अस्पतालमा लगिएको छ। चिकित्सकका अनुसार उनको अवस्था गम्भीर रहेको छ।

घटनामा संलग्न रहेको आरोपमा बसन्ता बैठा धोबीलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाएको जनाएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय