spot_img

सर्वोच्चद्वारा वीरगञ्जका मेयर राजेशमान सिंहको रिट खारेज, निलम्बन कायमै

spot_img
spot_img

वीरगंज,१२ साउन – वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले निलम्बन फुकुवा गरी पुनः पदमा फर्कन पाउनुपर्ने मागसहित दायर गरेको रिट निवेदन सर्वोच्च अदालतले खारेज गरेको छ।

न्यायाधीश बालकृष्ण ढकाल र महेश शर्माको संयुक्त इजलासले रिटमाथि सुनुवाइ गर्दै निवेदन अस्वीकार गर्ने आदेश जारी गरेको हो। अदालतको निर्णयसँगै सिंहको निलम्बन यथावत् रहने निश्चित भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिंहविरुद्ध भ्रष्टाचारसम्बन्धी मुद्दा विशेष अदालतमा दायर गरेपछि विद्यमान कानुनी व्यवस्थाअनुसार उनी स्वतः निलम्बनमा परेका थिए।

त्यसपछि आफूलाई निर्वाचित मेयरको जिम्मेवारी पुनः सम्हाल्न दिनुपर्ने माग गर्दै सिंहले सर्वोच्च अदालतमा उत्प्रेषणको रिट दायर गरेका थिए। तर सर्वोच्चले उक्त मागलाई कानुनसम्मत आधार नदेखिएको भन्दै रिट खारेज गरेको छ।

अदालतको पछिल्लो आदेशसँगै विशेष अदालतमा विचाराधीन भ्रष्टाचार मुद्दाको अन्तिम फैसला नआएसम्म राजेशमान सिंह मेयर पदमा पुनर्बहाली हुन नपाउने भएका छन्। त्यस अवधिसम्म उनको निलम्बन कायम रहनेछ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय