काठमाडौं,१२ साउन । लघुवित्तबाट पीडित भएको दाबी गर्ने सर्वसाधारणले मंगलबार पनि काठमाडौंमा प्रदर्शन गरेका छन्। उनीहरूले बालुवाटार क्षेत्रमा भेला भएर आफ्ना विभिन्न माग राख्दै सरकारको ध्यानाकर्षण गराएका हुन्।
प्रदर्शनकारीहरूले लघुवित्त संस्थाबाट लिएको कर्जा खारेज गर्न, ब्याज मिनाहा गर्न तथा आफूहरूका समस्या तत्काल समाधान गर्न सरकारसँग माग गरेका छन्। देशका विभिन्न जिल्लाबाट राजधानी आएका पीडितहरूले आफ्ना मागप्रति सरकारले गम्भीर बन्नुपर्ने बताएका छन्।
उनीहरूले सरकारसँग पटक–पटक आग्रह गर्दा पनि कुनै ठोस पहल नभएको भन्दै आन्दोलनलाई निरन्तरता दिएको बताएका छन्। यसअघि पनि लघुवित्त पीडितहरूले माइतीघर मण्डलासहित काठमाडौंका विभिन्न स्थानमा प्रदर्शन गर्दै आफ्ना माग सम्बोधन गर्न सरकारसँग आग्रह गरेका थिए




